मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ । राज्यसत्ता कमजोर हुँदा अराजकता कति बलियो हुन्छ भन्ने तथ्य खोज्न गत भदौ २४ गते सम्झिए पुग्छ । डर उत्ति छ, घाइते संविधानले अर्को संसद भेट्ला ? यस्को परिमार्जन जनमतले भेला भएका सांसदले गर्लान वा यस्का संरक्षक राष्ट्रपतिले अन्य घोषणागर्न बध्य होलान ? संविधान: देश र शासन प्रणालीको मुटु नै “फाली दिउ कि राखौं” भनेर कुनै अमुकपात्र ‘इरिटेट’ भएको देख्दा त लाग्छ, देश द्वन्द्वको भासमा जानेवाला छ, यदी त्यस्ता पात्र र प्रवृत्ति समयमै किनारा नलागेको अवस्थामा । यसो किन भनिँदैछ भने यो संविधान बन्न देशले १७ हजारको ज्यान दिएको छ, अर्बौ खर्चेको छ ।
वर्षौ यसको गति स्थिर बसेको छ । सक्ने जति धेरै विषय बोकेको छ । द्वन्द्वको भास किन भनियो भने यही संविधानका लागि लडेका, जिन्दगी अर्पेको बहुमत संख्या अहिले तमासा हेरेर बसेको मात्रै छ, चुरिफुरीको मूल्याङ्कन गर्दैछ । भ्रष्टाचार, कुशासनको विरोध ध्वंस कहिले हुँदैन । त्यो त माओवादिले १० वर्ष लगाएर गरी सक्यो । त्यो असफल ‘प्राक्टिस’ सिद्द भइसकेको छ । राणा, राजा रोक्ने दलले भ्रष्टाचार रोक्न नसक्ने कुरा लोकतन्त्रको देखियो/बन्यो। तर विकल्पमा उदाउनेले देश खरानी पार्नु निकृष्टता बाहेक केही होइन ।मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ । राज्यसत्ता कमजोर हुँदा अराजकता कति बलियो हुन्छ भन्ने तथ्य खोज्न गत भदौ २४ गते सम्झिए पुग्छ ।
यसो गरिरहदा देश द्वन्द्व मै जानेछ र त्यस्तो अवस्थामा राष्ट्रियता माथि कालो बादल मडारिनेछ । अत:देश र देशबासिले “देशका दुस्मन” चिन्ने, अप्ठेरा चिर्ने र कठोर ढङ्गले पर्गेल्ने समय हो, यो । लोकतन्त्र चलाउनका लागि सामाजिक एकता आवश्यक छ। तर आजको चरम असमानता र विषाक्त सूचना वातावरणले त्यो एकतालाई कमजोर बनाएको छ। लोकतन्त्र केवल संस्थागत अभ्यास होइन- यो साझा विश्वास र सहअस्तित्वको संस्कृति हो। तर हामी कहाँ खिया लगाएको छ । विगत ३५ वर्षको राजनीतिक विसङ्गति, कुशासन र संस्थागत क्षयले नेपाललाई यस्तो दोबाटोमा ल्याइपुर्याएको छ, जहाँ बाटो त दुईवटा छन्, तर गन्तव्य एउटै- पतन वा पुनर्जागरण। देशले पटक–पटक परिवर्तनका आँधीहरू देख्यो, क्रान्तिका घोषणा सुन्यो, संविधानका नयाँ संस्करण जन्मायो; तर नेतृत्वको नियत र चरित्र नबदलिँदा, जनताले केवल निराशा, बेरोजगारी र बेइमानीको चक्रमा फस्न बाध्य भए।नेपाली राजनीतिले बारम्बार सत्ता फेरेर पनि मुहार फेरेन, केवल अनुहार र गठबन्धन फेरेको हो। यसले राज्यलाई आत्मा विहीन संस्थामा परिणत गर्यो। अबको बाटो भने स्पष्ट छ- राजनीतिक दुस्मनहरू (भ्रष्टाचार, दण्ड हीनता, कुशासन र अकर्मण्यता) माथि निर्णायक विजय, र त्यसपछि दिगो पुनर्निर्माण। तर यो मार्ग केवल नीति होइन, नैतिक पुनर्जागरण हो- जसको दर्शन राम, रावण र प्रोमेथियस जस्ता आख्यानले शताब्दीयौंदेखि सिकाइरहेका छन्।
