मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ । राज्यसत्ता कमजोर हुँदा अराजकता कति बलियो हुन्छ भन्ने तथ्य खोज्न गत भदौ २४ गते सम्झिए पुग्छ । डर उत्ति छ, घाइते संविधानले अर्को संसद भेट्ला ? यस्को परिमार्जन जनमतले भेला भएका सांसदले गर्लान वा यस्का संरक्षक राष्ट्रपतिले अन्य घोषणागर्न बध्य होलान ? संविधान: देश र शासन प्रणालीको मुटु नै “फाली दिउ कि राखौं” भनेर कुनै अमुकपात्र ‘इरिटेट’ भएको देख्दा त लाग्छ, देश द्वन्द्वको भासमा जानेवाला छ, यदी त्यस्ता पात्र र प्रवृत्ति समयमै किनारा नलागेको अवस्थामा । यसो किन भनिँदैछ भने यो संविधान बन्न देशले १७ हजारको ज्यान दिएको छ, अर्बौ खर्चेको छ ।
वर्षौ यसको गति स्थिर बसेको छ । सक्ने जति धेरै विषय बोकेको छ । द्वन्द्वको भास किन भनियो भने यही संविधानका लागि लडेका, जिन्दगी अर्पेको बहुमत संख्या अहिले तमासा हेरेर बसेको मात्रै छ, चुरिफुरीको मूल्याङ्कन गर्दैछ । भ्रष्टाचार, कुशासनको विरोध ध्वंस कहिले हुँदैन । त्यो त माओवादिले १० वर्ष लगाएर गरी सक्यो । त्यो असफल ‘प्राक्टिस’ सिद्द भइसकेको छ । राणा, राजा रोक्ने दलले भ्रष्टाचार रोक्न नसक्ने कुरा लोकतन्त्रको देखियो/बन्यो। तर विकल्पमा उदाउनेले देश खरानी पार्नु निकृष्टता बाहेक केही होइन ।मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ । राज्यसत्ता कमजोर हुँदा अराजकता कति बलियो हुन्छ भन्ने तथ्य खोज्न गत भदौ २४ गते सम्झिए पुग्छ ।यसो गरिरहदा देश द्वन्द्व मै जानेछ र त्यस्तो अवस्थामा राष्ट्रियता माथि कालो बादल मडारिनेछ । अत:देश र देशबासिले “देशका दुस्मन” चिन्ने, अप्ठेरा चिर्ने र कठोर ढङ्गले पर्गेल्ने समय हो, यो । लोकतन्त्र चलाउनका लागि सामाजिक एकता आवश्यक छ। तर आजको चरम असमानता र विषाक्त सूचना वातावरणले त्यो एकतालाई कमजोर बनाएको छ। लोकतन्त्र केवल संस्थागत अभ्यास होइन- यो साझा विश्वास र सहअस्तित्वको संस्कृति हो। तर हामी कहाँ खिया लगाएको छ । विगत ३५ वर्षको राजनीतिक विसङ्गति, कुशासन र संस्थागत क्षयले नेपाललाई यस्तो दोबाटोमा ल्याइपुर्याएको छ, जहाँ बाटो त दुईवटा छन्, तर गन्तव्य एउटै- पतन वा पुनर्जागरण। देशले पटक–पटक परिवर्तनका आँधीहरू देख्यो, क्रान्तिका घोषणा सुन्यो, संविधानका नयाँ संस्करण जन्मायो; तर नेतृत्वको नियत र चरित्र नबदलिँदा, जनताले केवल निराशा, बेरोजगारी र बेइमानीको चक्रमा फस्न बाध्य भए।नेपाली राजनीतिले बारम्बार सत्ता फेरेर पनि मुहार फेरेन, केवल अनुहार र गठबन्धन फेरेको हो। यसले राज्यलाई आत्मा विहीन संस्थामा परिणत गर्यो। अबको बाटो भने स्पष्ट छ- राजनीतिक दुस्मनहरू (भ्रष्टाचार, दण्ड हीनता, कुशासन र अकर्मण्यता) माथि निर्णायक विजय, र त्यसपछि दिगो पुनर्निर्माण। तर यो मार्ग केवल नीति होइन, नैतिक पुनर्जागरण हो- जसको दर्शन राम, रावण र प्रोमेथियस जस्ता आख्यानले शताब्दीयौंदेखि सिकाइरहेका छन्।
राम–रावणको रूपक : चरित्र/स्वार्थ
राम र रावण दुबै सम्राट थिए- दुबै शक्तिशाली, विद्वान् र समृद्ध। तर इतिहासले रामलाई स्मरण गर्छ, रावणलाई जलाउँछ। किनभने रामले मर्यादा, सत्य र कर्तव्य रोजे; रावणले शक्ति, अहंकार र वासना। नेपालको राजनीति आज यही दोबाटोमा छ। यहाँ नेताहरूको राजनीतिक चरित्र हराएको छ; जनताको म्यान्डेट छ, तर कर्तव्य,जिम्मेवारी बोध, नैतिक अनुशासन छैन।
रामले ‘राजधर्म’ निभाए – आफ्नो सत्ताभन्दा नागरिकको विश्वास ठूलो ठाने। तर नेपालको अधिकांश नेतृत्वले ‘राजनीतिक धर्म’ होइन, दलधर्म पालन गर्यो र आफ्ना प्रतिको मात्रै धर्म पालन गर्यो।
कसैले सत्तामा टिक्न, कसैले विपक्षमा प्रतिशोध लिन र कसैले विदेशी स्वार्थ सन्तुष्ट पार्न राष्ट्रको आत्मा नै सस्तोमा बेचे।
रामको जीवनले सिकाउँछ- सत्ता नै धर्म होइन, चरित्रकै कारण सत्ता पवित्र हुन्छ। रावणले ज्ञानका शिखर चुमे, तर चरित्रको चुचुरो चुम्न सकेन। त्यसैले उनी विनाशको प्रतीक बने। नेपालका नेताले पनि बुझ्नुपर्ने यही हो- अस्थायी सत्ताभन्दा स्थायी चरित्र ठूलो हो।
प्रोमेथियसको आत्मत्याग: जनताको उज्यालोका लागि पीडा सहने शक्ति
ग्रीक मिथक अनुसार, प्रोमेथियस देवताहरूको आदेश उल्लङ्घन गरेर मानवका लागि अग्नि (ज्ञान) ल्याउँछ। त्यस बदलामा, उनलाई चट्टानमा बाँधेर सासैभरी पीडा भोग्न बाध्य पारिन्छ। तर मानव जाति उज्यालोमा बाँच्न थाल्छ। प्रोमेथियस नेतृत्वको सर्वोच्च रूप हो- स्वार्थ होइन, जनकल्याणका लागि पीडा सहने साहस।
