नु आफैंमा नौलो होइन । तर जून प्रणालीका कारण वर्षा भयो त्यो अलि अस्वाभाविक छ । वर्षा हुनु प्राकृतिक चक्रको हिस्सा हो, तर समय र प्रणालीमा भइरहेको परिवर्तनले यसको स्वरूपलाई फरक बनाइरहेको छ । सामान्यतया मनसुन सकिएपछि, विशेषगरी कात्तिक मध्यदेखि मंसिर मध्यसम्म, नेपालको मौसम सुख्खा हुने गर्छ । यो समय घाम लाग्ने, बाली भित्र्याउने समय हो । तर पछिल्ला वर्षहरूमा यो परम्परागत मौसमी ढाँचा परिवर्तन हुँदै गएको छ । मनसुनको अवधि विस्तार भएको छ, र मनसुन सकिएपछि पनि विभिन्न मौसमी प्रणालीका कारण असामान्य रूपमा वर्षा भइरहेका छन् । यो वर्ष पनि त्यस्तै भयो । मनसुन भनेको दक्षिण–पूर्वी दिशा हुँदै आउने वर्षा प्रणाली हो तर अहिले भएको वर्षा मुख्यतः पश्चिमी वायु प्रणालीका कारण भएको हो ।पश्चिमी वायु भनेको मनसुनको विपरीत दिशाबाट आउने हावा हो जसले हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिउँ ल्याउँछ । सामान्यतया यो प्रणाली डिसेम्बर वा जनवरीतिर सक्रिय हुने गर्छ तर यसपटक नोभेम्बरमै प्रभाव देखिएको छ । यही असामान्य अवस्थाको कारण अहिले वर्षाको विषयमा धेरै चर्चा भएको छ ।वर्षा हुनुका केही सकारात्मक पक्ष पनि छन् । पहिलेका वर्षहरूमा प्रदूषण अत्यधिक बढ्ने, विशेषगरी तिहारपछि पटका, खेतमा बालीका अवशेष जलाउने जस्ता गतिविधिका कारण वातावरणमा धुलो धुवाँ मिसिने समस्या हुने गर्थ्याे । यसपालिको वर्षाले त्यो प्रदूषण केही हदसम्म हटाइदिएको छ । दक्षिण एशियाको हावामा स्वच्छता आएको छ । वर्षा र हिमपातले हिमालमा हिउँ थपिदिएको छ, जसले भविष्यमा पानीको स्रोतलाई पुनर्जीवित गर्न सहयोग पुर्याउँछ । यदि यो वर्षा केही महिना ढिलो भएको भए, हिउँ जम्ने सम्भावना अझ बढी हुनेथियो र दीर्घकालीन पानीको भण्डारणमा सहयोग पुग्नेथियो । तथापि, अहिले परेको पानीले पनि श्रोत व्यवस्थापनको दृष्टिले सकारात्मक प्रभाव छोडेको छ ।तर, नकारात्मक पक्षहरू पनि छन् । किसानका लागि यो वर्षा उपयुक्त समयमा आएको होइन । धेरै ठाउँमा धान काट्ने समयमै वर्षा भएपछि किसानले खेतमै धान बिग्रिने डरले काम रोक्नुपर्यो । पूर्वी तराईमा त दुईसय मिलिमिटरभन्दा बढी वर्षा भएको छ, जुन अस्वाभाविक देखिन्छ । यस्तो खाले वर्षाले बालीनालीमा क्षति पुर्याउँछ, भण्डारणमा समस्या ल्याउँछ, र खाद्य सुरक्षामाथि दबाब बढाउँछ । यद्यपि, यसपटक किसानहरू केही सचेत बनेका छन् । उनीहरूले समयमै सूचना पाएका कारण केही क्षति कम भएको छ । यसले देखाउँछ कि समयमै सूचना सम्प्रेषण भएमा विपद्को असर घटाउन सकिन्छ । तर पर्यटन क्षेत्रमा भने यति सचेतता देखिएन । धेरै पर्यटकहरू हिमाली क्षेत्रमा पदयात्रा गर्न गए, मौसम बिग्रँदै गर्दा पनि रोकिएनन् । मौसमसम्बन्धी सूचना जारी गरिए पनि त्यसको प्रभावकारिता कम देखियो ।
Loading...
