अस्ट्रेलियामा बालबालिकामाथि सामाजिक सञ्जाल प्रतिबन्ध लागू, मेटाले ५.५ लाख खाता बन्द
ujyaalo5 months ago
१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लागू भएको पहिलो दिन अस्ट्रेलियामा फेसबुकको मातृ संस्था मेटाले करिब ५ लाख ५० हजार खाता बन्द गरेको छ। डिसेम्बर १० मा इन्स्टाग्राम, फेसबुक र थ्रेड्सका खाताहरू बन्द गरिएको कम्पनीले जनाएको छ।अस्ट्रेलियाले डिसेम्बरमा कडा कानून ल्याउँदै बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउने उद्देश्य राखेको हो। यस्तो नीति लागू गर्ने देश अस्ट्रेलिया बनेको छ।