गत शुक्रबार कोरियास्थित नेपाली दूतावासका अधिकारीहरूसँगको बैठकमा कोरियाली पक्षले आफ्ना कर्मचारीको सुरक्षाप्रति चासो व्यक्त गरेको हो । दुई वर्षदेखि ईपीएस मार्फत कोरिया जान नपाएको भन्दै युवाले ईपीएस शाखा कार्यालयमा विरोध प्रदर्शन गर्दै आएका थिए । उनीहरूले राखेको सुरक्षा चासोमा नेपाल सरकारले सुरक्षामा कुनै समस्या नरहेको नेपाली अधिकारीहरूले प्रष्ट पारेका थिए ।