राष्ट्रिय मुसहर संघले सिराहाको कल्याणपुरका मुसहर बस्तीबाट भारतको हरियाणास्थित करनालमा बन्धक बनाई काममा लगाइएका पाँच मजदुरको तत्काल उद्धार र क्षतिपूर्तिको माग गरेको छ। संघले नेपाली दूतावासमार्फत कूटनीतिक पहल, दोषी ठेकेदारमाथि कारबाही र वैदेशिक रोजगारीको नाममा हुने श्रमशोषण रोक्न निगरानी बढाउन माग गर्दै चेतावनीसमेत दिएको छ।