उद्योगलाई सहुलियत कर्जाको माग सुधारिएको चुलो उत्पादन गर्ने
ratopati5 months ago
वीरगञ्ज — वातावरणमैत्री सुधारिएको चुलो प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलो उत्पादन गर्ने उद्योगलाई सहुलियत बैंक कर्जा उपलब्ध गराउन उद्योगीहरूले सरकारसँग माग गरेका छन्। विज्ञका अनुसार सुधारिएको चुलोले स्वास्थ्य जोखिम, दाउरा खपत र कार्बन उत्सर्जन घटाउन सहयोग गर्छ। वीरगञ्जमा रहेको हस्क पावर नेपालले सात वर्षमा तीन लाखभन्दा बढी सुधारिएको चुलो उत्पादन गरिसकेको जनाएको छ।