भीमदत्त नगरपालिका(१० कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । पहिचान नखुलेको र अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन । शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले बताए । शव सडेको अवस्थामा भएकोले पहिचान गर्न समस्या भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।