गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते थाइल्याण्डमा
ujyaalo5 months ago
थाइल्याण्डको नाखोन राचासिमा क्रेन रेलमाथि खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन्। दुर्घटनामा केही डब्बा पटरीबाट उछिट्टिएर आगलागीसमेत भएको छ। रेलमा करिब १९५ जना यात्रु थिए। घटनाको कारण पत्ता लगाउन उपप्रधानमन्त्रीले अनुसन्धान आदेश दिनुभएको छ।