ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका दुई परिवारका ९ जनाको मृत्यु हिमाचलमा
Society
ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका दुई परिवारका ९ जनाको मृत्यु हिमाचलमा
setopati5 months ago
भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको छ । मृतकहरू सल्यानको सिद्धकुमार गाउँपालिका–२ का दुई परिवारका सदस्य हुन् । घटनामा धनबहादुर विक र काशीराम विकका परिवारका सदस्यको ज्यान गएको हो । सोमबार बिहान करिब साढे २ बजे भएको आगलागीमा उनीहरू घरभित्रै अड्किएर निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ । घटनापछि वडाभर मंगलबार शोक विदा दिइएको छ ।