बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जिप पाटन नगरपालिका–८ विजयपुर नजिक सडकबाट करिब २ सय मिटर तल खस्दा दुर्घटना भएको हो । मृतकमा १३ वर्षीय राकेश रावल, २४ वर्षीय निशान्त बोहरा र २८ वर्षीय भानदेव भट्ट रहेका छन् । जिपमा करिब २० जना सवार रहेको अनुमान गरिएको छ ।