जाजरकोट । छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको जिप दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्। मृतकमा ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारी रहेका छन्।