चीनको न्यालम–खासा सीमावर्ती वन क्षेत्रमा लागेको ठूलो डढेलोका कारण नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ। सुरक्षा जोखिम बढेपछि चिनियाँ प्रशासनले आवतजावत रोक लगाएको हो।डढेलो अझै नियन्त्रणमा नआएकाले मानिस, पर्यटक र मालवाहक सवारीको आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। धुँवा र खरानीले आसपास क्षेत्र ढाकिँदा सञ्चार सेवा पनि प्रभावित भएको छ।