दाङ – माघी नजिकिँदै गर्दा दाङमा थारू समुदायमा ढिक्री बनाउने चटारो बढेको छ । तुलसीपुरका थारू परिवारहरू परम्परागत परिकार ढिक्री बनाउन व्यस्त छन् । चामलको पीठोबाट बाफमा उसिनेर बनाइने ढिक्री थारू समुदायको प्रमुख परिकार हो, जुन सुँगुरको मासु, माछा र घोंगीसँग खाने चलन छ । चिल्लो र चिनी नहुने भएकाले ढिक्री स्वास्थ्यकर मानिन्छ र आयु बढ्ने पौराणिक विश्वास पनि रहेको छ ।