दुई दिन अघि हराएका पुरुषको शव इनारमा फेला ललितपुरबाट
Crime
दुई दिन अघि हराएका पुरुषको शव इनारमा फेला ललितपुरबाट
ratopati5 months ago
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिक इनारमा बोरामा प्याक गरिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । मृतक इलाम घर भई ललितपुर–१७ बस्दै आएका ८३ वर्षीय गर्जमान थापा रहेका छन् । पुस २६ देखि बेपत्ता थापाको खोजतलासका क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । हत्या गरी इनारमा फालेको आशंका गरिएको छ भने घटनामा संलग्न हुन सक्ने तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।