नारायणघाटको–बुटवल सडकअन्तर्गत पूर्वी खण्डका पुल निर्माण सम्पन्न
ujyaaloonline4 months ago
नेपाल सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट गाडी सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जानकारी दिएको छ । साना पुलहरु निर्माण सकिएर सञ्चालनमा आइसकेका भए पनि ठूला पुल निर्माणका क्रममा हुँदा सबै पुल सञ्चालनमा आइसकेका छैनन् ।