माघ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन्। २० मध्ये १२ बैंकले ब्याजदर घटाउँदा सात बैंकको दर स्थिर छ भने प्राइम कमर्सियल बैंकले ब्याजदर ४.२५ बाट ४.४ प्रतिशत पुर्याएको छ। माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशत र औसत ४.७ प्रतिशत रहेको छ। कर्जा माग कम हुँदा बैंकहरूसँग करिब ११ खर्ब रुपैयाँ कर्जा दिन मिल्ने रकम रहेकाले ब्याजदर घट्दो क्रममा रहेको छ।