गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज उनको निधन भएको हो। इन्डियन आइडल विजेता तामाङ नेपालमा लोकप्रिय गायक थिए भने उनले सलमान खानको फिल्म ब्याटल अफ गलवान बाट बलिउड डेब्यू गरेका थिए।