पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण राष्ट्रपति पौडेलद्वारा
National
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण राष्ट्रपति पौडेलद्वारा
ujyaalo5 months ago
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार नजिक रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ।कार्यक्रममा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। आज ३०४औँ पृथ्वी जयन्ती मनाइँदैछ। राष्ट्रपतिले नेपाल एकीकरणमा पूर्वजहरूको योगदान रहेको उल्लेख गर्नुभएको छ।