राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्। चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेको थियो। कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत नेता–कार्यकर्ता र राजावादीहरूको उपस्थिति रहेको थियो।