माघेसङ्क्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ। उखुको रस र घीउबाट तयार हुने चाकु यो पर्वमा स्वास्थ्यवर्द्धक मानिन्छ र विशेष रूपमा खाने चलन छ। माघेसङ्क्रान्ति तथा तराईमा मनाइने माघी पर्वले चाकुलाई संस्कृति, स्वास्थ्य र परम्परासँग जोडिएको प्रतीकका रूपमा स्थापित गरेको छ।