सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सुनुवाइका लागि पेसी तोकेको छ । अख्तियारले सागरनाथ वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माणका नाममा भ्रष्टाचार गरेको आरोपमा थापाविरुद्ध ५६ करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । थापासहित उपमेयर र पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।