प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेस प्रदेशभरि भरपर्दो सुरक्षा व्यवस्था गरीएको छ। तीन तहको सुरक्षा परिचालन गरिनुका साथै अति संवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएका छन । रक्षा चुनौती भएका मतदानस्थलमा विशेष रणनीति तयार पारिएको छ।