धार्मिक एवं सांस्कृतिक परम्परा अनुसार माधवनारायणको भव्य नगर यात्रा ललितपुरको ऐतिहासिक बस्ती ठेंचोमा सम्पन्न भयो। यस जात्रामा ठेंचोवासीको उत्साहजनक सहभागिता रहेको थियो । विशेष धार्मिक मान्यता अनुसार खासीलाई पवित्र तीर्थस्थलको रूपमा पुज्ने परम्परा रहेको छ। त्यस्तैगरी माघ शुक्ल द्वादशी र त्रयोदशीका दिन झाँकीसहितको जात्रा निकाल्ने चलन रहेको छ ।