काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ४ गते राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरिसकेका शाहले माघ ६ गते हुने प्रतिनिधिसभा निर्वाचनको मनोनयनअघि राजीनामा दिन लागेका हुन् । रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेको छ । यसैबीच उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी दिने तयारीसमेत गरेका छन् ।