बारा प्रहरीले लागुऔषध अफिमसहित पर्साका तीनजनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रसौनी–१ पतञ्जली चोकमा कार चेकजाँच गर्दा २ किलो २४ ग्राम अफिम बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।