विदेशको विकल्प बनेको वीरेन्द्रको टमाटर व्यवसाय तीन पुस्तादेखि टमाटरखेती
Agriculture
विदेशको विकल्प बनेको वीरेन्द्रको टमाटर व्यवसाय तीन पुस्तादेखि टमाटरखेती
ujyaalo5 months ago
बाँकेको खजुरागाउँपालिकाका किसान वीरेन्द्रप्रसाद मुराउले व्यावसायिक टमाटरखेतीबाट छोटो समयमै ठूलो आम्दानी गर्दै आत्मनिर्भर बनेका छन् । चार बिघा जमिनमा करिब सात लाख रुपैयाँ लगानी गरेर उनले दुई महिनामै ऋण तिरेका छन् । यस वर्ष टमाटर बिक्रीबाट ६०–७० लाख रुपैयाँ कारोबार हुने अनुमान गरिएको छ । आधुनिक प्रविधिको प्रयोगले उत्पादन बढ्नुका साथै स्थानीय रोजगारीसमेत सिर्जना भएको छ ।