विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी
Sports
विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी
ujyaalo5 months ago
भारतका विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्। न्युजिल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा ९३ रन जोड्दै उनले कुल २८,०६८ रन पूरा गरेका हुन्।यससँगै उनले कुमार सङ्गाकारालाई पछि पारेका छन्। सूचीको शीर्ष स्थानमा भने सचिन तेन्दुलकर छन्। भारतले उक्त खेल ३०१ रनको लक्ष्य पछ्याउँदै जितेको थियो।