सङ्गीता सिंह भण्डारीसहित १९ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ujyaaloonline4 months ago
स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्तीकी तत्कालीन उपकुलपति प्रा.डा. सङ्गीता सिंह भण्डारीसहित १९ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गुणस्तरहीन तथा शर्त र मापदण्ड विपरीतको सीटी स्क्यान मेशिन आपूर्ति अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले जनही ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ मागदाबी गरेको ।