सन्यासको घोषणा अस्ट्रेलियन महिला क्रिकेट टोलीकी कप्तान एलिसा हेलीद्वारा
ujyaalo5 months ago
अस्ट्रेलियन महिला क्रिकेट टोलीकी कप्तान एलिसा हेलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् । ३५ वर्षीया हेलीले भारतसँग हुने एकदिवसीय र टेस्ट शृङ्खलापछि सबै ढाँचाको क्रिकेटबाट बिदा लिनेछिन् । उनले ६ पटक टी–२० र २ पटक एकदिवसीय विश्वकप जितेकी छन् ।