सरकारले फिर्ता लिन रवि लामिछानेको निवेदन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग
onlinekhabar5 months ago
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आफूविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता गर्न महान्यायाधिवक्तामा निवेदन दिएका छन्। लामिछाने अहिले धरौटीमा रिहा भइसकेका छन् र फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न सक्ने अवस्थामा छन्। तर, चुनाव जिते पनि सांसद पदमा निलम्बनमा रहेको कारण उनी सांसद वा मन्त्री पदमा काम गर्न पाउने छैनन्।