आज सहिद दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सहिद दिवसमा नेताहरूले सहिदहरूको बलिदान र आदर्शको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिदका सपना पूरा गर्न प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्र, स्वतन्त्रता र सुशासनका लागि सहादतको मूल्य नबिर्सन आग्रह गरेका हुन। साथै सहिदका रगतको सम्मान गर्दै भ्रष्टाचारमुक्त, जवाफदेही राष्ट्र निर्माणमा जोड दिएका छन्।