सार्वजनिक संस्थानमा ९५ करोड बराबरको क्षति नवयुवा आन्दाेलन र निजी प्रतिष्ठानमा २७ अर्ब ४९ कराेड
ujyaalo5 months ago
पछिल्लो नवयुवा आन्दोलनका क्रममा निजी क्षेत्रतर्फ २७ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी क्षति भएको सरकारी कार्यदलको प्रतिवेदनले देखाएको छ। तोडफोड र आगजनीबाट कुल क्षति ३३ अर्ब ५४ करोड पुगेको छ भने सामुदायिक तथा अन्य क्षेत्रमा करिब ६ अर्ब रुपैयाँ क्षति भएको छ। सबैभन्दा बढी क्षति भवन तथा स्थायी सम्पत्तिमा भएको प्रतिवेदनमा उल्लेख छ।