काठमाडौँमा सुनचाँदीको भाउ निरन्तर बढ्दै नयाँ कीर्तिमान कायम भएको छ। आज सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेर २ लाख ७८ हजार पुगेको छ भने चाँदी तोलामा ३ सय १५ रुपैयाँ बढेर ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।