५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने माघ १ गतेदेखि
ujyaalo5 months ago
आउँदो माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको कारोबारमा नगद भुक्तानी गर्न नपाइने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो कारोबारमा अनिवार्य रूपमा बैंकिङ माध्यम प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो। पाँच लाखभन्दा बढी भुक्तानी एकाउन्टपेयी चेक वा खातामार्फत गर्नुपर्नेछ। प्राथमिकता प्राप्त आयोजना, तलब–ज्याला, राजस्व, पेन्सन, सहकारीको कारोबार प्रभावित नहुने बैंकले जनाएको छ।