‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै विद्यार्थीले बनाएको
ratopati5 months ago
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा बनेको यो उपग्रह आज बिहान १० बजेर ३२ मिनेटमा भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट इसरोको रकेटमार्फत प्रक्षेपण हुनेछ । वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण र एआईमा आधारित तथ्यांक प्रशोधन मुनालका मुख्य उद्देश्य हुन् ।