भैरहवाबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको उडान नम्बर ८५२ मा एक यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान ढिलो भएको छ। उक्त यात्रुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् भने जहाजको प्राविधिक परीक्षणपछि मात्र उडान हुने बुद्ध एयरले जनाएको छ।