लेखक अशोक सिलवालको ‘अप्प दीपो भवः यात्रा’ पशुपतिनाथबाट सुरु भई लुम्बिनीको मायादेवी मन्दिरमा समापन हुने भएको छ । “आफ्नो प्रकाश आफैँ बन” भन्ने बुद्ध वाक्य बोकेको यात्रामा विभिन्न सामाजिक, शैक्षिक र धार्मिक क्षेत्रसँग अन्तरक्रिया गरिनेछ । यात्राको क्रममा सिलवालको पुस्तक ‘अप्प दीपो भवः’ को दोस्रो संस्करण मायादेवी मन्दिरमा सार्वजनिक गरिनेछ ।