काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस तराईका थोरै ठाउँमा हुस्सु
Weather And Environment
काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस तराईका थोरै ठाउँमा हुस्सु
ujyaalo5 months ago
आज तराईका केही स्थानमा हुस्सु लागेको छ भने दिउँसो पनि केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली र बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा छ । काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ३ डिग्री सेल्सियस मापन गरिएको छ ।