कोलम्बियाको उत्तरी क्षेत्रमा एक यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ । साटेनाका अनुसार बीच क्राफ्ट १९०० मोडेलको विमान दुर्घटनामा परेको हो । यात्रुहरूमा सांसद डिओजेनेस क्विन्टेरो अमाया र आगामी संसदीय चुनावका उम्मेदवार कार्लोस साल्सेडो पनि रहेको खबरमा उल्लेख छ। विमानमा १३ जना यात्रु र २ जना चालक दलका सदस्य थिए ।