अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको छ। पतञ्जलि योगपीठ जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहितको मुद्दामा साक्षी बुझ्ने आदेश दिइएको हो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको जनाइएको छ ।