संक्षिप्त समाचार: माघे सङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। यस वर्ष करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ। मेलाका लागि सवारी आवागमन, पार्किङ र सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाइएको छ भने तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ। तीर्थस्थल क्षेत्रमा धुम्रपान, मदिरा र मांसजन्य पदार्थ निषेध गरिएको छ।