शारदा नगरपालिकाले वातावरण संरक्षण शिविर (एक्का नेपाल) को समन्वयमा ३ हजार २८० घरधुरीमा सुधारिएको चुलो वितरण गरेको छ। स्वास्थ्य सुधार, धुवाँरहित र दाउरा खपत घटाउने उद्देश्यले प्रतिचुलो पाँच हजारका दरले कुल १ करोड ६४ लाख रुपैयाँ लागतमा चुलो वितरण गरिएको हो। यसले स्वास्थ्य, वातावरण र जीवनस्तर सुधारमा सहयोग पुग्ने जनाइएको छ।