दुर्घटना घटाउने लक्ष्यसहित ट्राफिक सप्ताह– २०८२ प्रारम्भ काठमाडौं उपत्यकामा
nayapatrika5 months ago
काठमाडौँ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्ने उद्देश्यसहित ट्राफिक सप्ताह शुक्रबारदेखि सुरु भएको छ, जुन २ माघसम्म सञ्चालन हुनेछ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अभियानमार्फत ट्राफिक सचेतना अभिवृद्धि, जनचेतनामूलक कार्यक्रम, सूचना सन्देश, वृत्तचित्र प्रदर्शन तथा सुरक्षित सडक संस्कृतिको विकासमा जोड दिइनेछ।