नेपाललाई ८ अर्ब भारु अनुदान दिने भारत सरकारको उल्लेख
ujyaaloonline4 months ago
नेपाललाई आर्थिक वर्ष २०२६र२७ का लागि भारत सरकारले ८ अर्ब भारु अर्थात् १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबर अनुदान दिने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा नेपाललाई गएको वर्षको शुरुआती विनियोजन बराबरकै अनुदान दिने उल्लेख छ । गएको आर्थिक वर्षमा भारतले शुरूमा ८ अर्ब भारु विनियोजन गरे पनि त्यसलाई संशोधन गरेर ८ अर्ब ३० करोड भारु पुर्याएको थियो ।