ब्रेन ह्यामरेजको कारण काठमाण्डौको ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उपचारकै क्रममा डाक्टरले आज दिउँसो सिटौलालाई मृत घोषणा गरेका हुन् । सिटौलाको आज पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा सिटौला अछाम पुगेका बेला अचानक बेहोस भएर ढलेका हुन ।