प्रतिनिधिसभामा उम्मेदवारी दिने जेनजी फ्रन्टबाट २ जनाले
onlinekhabar5 months ago
नेपाल जेन-जी फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल आसन्न प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन्। ओझा झापा–५ बाट र खनाल नवलपुर–२ बाट उम्मेदवारी दिने तयारीमा छन्। जेन-जी फ्रन्टले आफ्नो आन्दोलनका एजेण्डा अघि बढाउनेसँगै संसदीय राजनीतिमा पनि प्रवेश गर्ने योजना बनाएको संगठन प्रमुख युजन राजभण्डारीले बताए। अन्य नेताहरू भने स्थानीय, प्रदेश वा राष्ट्रिय स्तरमा राजनीतिक गतिविधि तय गर्ने क्रममा छन्।