वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाको बिक्री–वितरणमा कडाइ गरेको छ। विभागले १९ वटा प्लास्टिक उद्योग तथा पसल अनुगमन गरी त्यस्ता प्लास्टिक नबेच्न निर्देशन दिएको हो। वातावरण संरक्षणका लागि उपभोक्ता संरक्षण ऐनअनुसार आवश्यक निर्देशन र कारबाही गरिएको विभागले जनाएको छ।