फेरि बढ्यो सुनको मूल्य, अब तोलाकै २ लाख साढे ७६ हजार
ratopati5 months ago
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य नयाँ रेकर्ड बनाउँदै तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो । यस्तै, चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार ३४० रुपैयाँ पुगेको छ, जसले नयाँ कीर्तिमान कायम गरेको छ ।