फेरि बन्यो ऐतिहासिक रेकर्ड सुन र चाँदीको मूल्यमा उच्च वृद्धि
ratopati5 months ago
काठमाडौं । सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । सोमबार सुन प्रतितोला ४ हजार १०० रुपैयाँ बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन २ लाख ७० हजार ६०० रुपैयाँ थियो । चाँदी पनि प्रतितोला २९५ रुपैयाँ बढेर ५ हजार १९५ रुपैयाँ पुगेको छ ।